७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पायोनियर मोटोकर्पले नेपालमा भित्र्यायो जिकर एक्स




काठमाडौं–सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रिक ब्राण्ड जिकर एक्सको दुई भेरियन्ट नेपाल भित्र्याएको छ ।

कम्पनीले सार्वजनिक गरेको एमआरपी अनुसार एक्स स्टयान्डर्डको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ रहेको छ भने एक्स फ्लागसिपको मूल्य १ करोड ५९ लाख ९९ हजार तोकिएको छ । मोटर पावरको कारण यी दुई भेरियन्टमा मूल्यको ठूलो अन्तर देखिएको कम्पनीले जनाएको छ । जिकर एक्सको स्ट्यान्डर्ड भेरियन्टमा २०० किलोवाट क्षमताको मोटर छ भने फ्लागसिप भेरियन्टमा ३१५ किलोवाट मोटर राखिएको छ ।

४४० किलोमिटर रेञ्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ । यो गाडीमा २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले ४ घण्टामा गाडी फुल चार्ज गर्न सक्नेछ । डिसी चार्जर भने १५० किलोवाटसम्मको सपोर्ट गर्ने कम्पनीले जनाएको छ । कम्पनीले जिकर एक्स आगामी भाद्र ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शोमा पनि प्रदर्शन गर्ने भएको छ ।

  :