७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ईभीमय बन्दैछ नाडा २०२४, ५ वटा बैंक र वित्तीय कम्पनीले अटो शोमा भाग लिने




काठमाडौं–अटो मोबाइल क्षेत्रको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले प्रत्येक बर्ष दशैं तिहारको पूर्व सन्ध्यामा बृहत अटो शो २०२४ को आयोजना गर्दै आईरहेको छ ।

यसै क्रममा यस बर्ष पनि नाडाले काठमाडौंको भृकुुटीमण्डपमा भादं ११ गतेदेखि १६ गतेसम्म नाडा अटो शोको आयोजना गर्दैछ । यसपालिको अटो शोमा २३ वटा ब्राण्डका चार पाङ्ग्रे सवारी, १३ वटा ब्राण्डका हल्का लाइट सवारी, १७ वटा ब्राण्डका दुई पाङ्ग्रे सवारी र २७ वटा विभिन्न अटो कम्पोनेन्ट कम्पनीहरुको सहभागिता रहने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिएका छन् ।

नाडा २०२४ मा अधिकतम ७० प्रतिशत ईभी अर्थात बिद्युतीय सवारी साधनको प्रदर्शन हुने नाडाले जनाएको छ । आयोजक नाडाका अनुसार यस बर्ष ५ वटा बैंक र वित्तीय कम्पनीले अटो शोमा भाग लिने भएका छन् ।

अटो शोमा ५ वटा वित्त कम्पनीले स्टल बुक गरेको आयोजक नाडाले जनाएको छ । नबिल बैंक, ग्लोबल आईएमई बैंकसँगै हिमालयन बैंक, लक्ष्मीसनराइज बैंक र महालक्ष्मी विकास बैंकले यस पटकको अटो शोमा भाग लिदैछन् ।

  :