७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पञ्च ईभीले उल्लेखनीय हिस्सा ओगट्ने सिप्रदीको अपेक्षा




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको पछिल्लो बिद्युतीय गाडीका पञ्च ईभीको बुकिङ जारी छ ।

अहिले देशका विभिन्न क्षेत्रमा परीक्षण चलिरहेको यो ईभीलाई बुकिङकर्ताहरुले २५ हजार रुपैयाँ दिएर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले पञ्च ईमीलाई आगामी भदौ ११ गतेदेखि हुने नाडा अटो शोमा मुख्य आकर्षण बनाउने तयारी गरेको छ । अहिले बुकिङ गरिएका गाडीहरु नाडा अटो शोबाट डेलिभरी शुरु गरिने कम्पनीले जनाएको छ । नाडा अटो शोमा पञ्च ईभी मिड रेञ्ज (एमआर) र लङ रेञ्ज (एलआर) गरी दुई मोडल प्रदर्शनी गरिने बताइएको छ । पन्च ईभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने कम्पनीको अपेक्षा छ ।


एक्ट। ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ । गाडीमा इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प–ओभर एंगल्सलगायत विद्युतीय एसयूभीमा हुनुपर्ने हरेक विशेषता रहेको कम्पनीले जनाएको छ । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।

  :