७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रोयल इन्फिल्डको ‘हिमालयन ४५०’ बाइक चाँडै नै नेपाली बजारमा




काठमाडौं– रोयल इन्फिल्डको आधिकारिक बिक्रेता त्रिवेणी गु्रप अन्तर्गतको अल्फा अटोमोटिभले रोयल इन्फिल्डको ‘हिमालयन ४५०’ मोटरसाइकल नाडा अटो शोमा सार्वजनिक गर्दै बिक्री शुरु गर्ने भएको छ ।

यो मोटरसाइकल कम्पनीले वीरगञ्जमा अवस्थित प्लान्टबाट एसेम्बल शुरु गरेको छ । नेपालमा बीएसफोर इञ्जिन भएको हिमालयन बाइकको मूल्य ८ हजार ९८ हजार रुपैयाँमा बिक्री भईरहेको थियो तर यस पटकको रोयल इल्फिल्डको एसेम्बर नेपालमा नै भएको र सरकारले पनि कर छूट दिएका कारण पहिलेको भन्दा केही सस्तो हुने बताइएको छ ।

हिमालयन ४५० मा नयाँ लिक्विड कुल्ड ४५२ सीसीको सिंगल सिलिण्डर भएको इञ्जिन छ यसले ४० हर्सपावरका साथै ४० एनएम टर्क उत्पादन गर्न सक्छ । यसका साथै यो बाइकमा ६ स्पीडको गियर बक्सका साथै स्लिप एण्ड असिष्ट क्लच सुविधा उपलब्ध रहेको छ । यसको ग्राउण्ड क्लियरेन्स २३० एमएम छ । यो बाइकमा अल न्यू स्टिल ट्वीन स्पर फ्रेमको ४३ एमएम यूएसडी फोर्क र प्रिलोड एडजस्टेबल मोनोसक उपलब्ध छ । दुवै २०० एमएमका छन् ।

  :