७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कोमेट ईभीको मूल्य ५० हजार रुपैयाँ बढ्यो




काठमाडौं–एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी कोमेट ईभीको अधिकतम खुद्रा मूल्य (एमआरपी) मूल्य प्रकाशित गरेको छ ।

कम्पनीले कोमेट पेस र कोमेट प्ले भेरियन्ट गरि दुई भेरियन्टमा आयात गर्दै आएको छ । दुवै भरियन्टमा कम्पनीले ५० हजार रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यसूची अनुसार कोमेट पेस भेरियन्टको मूल्य १८ लाख ४९ हजार रुपैयाँ र कोमेट प्ले भेरियन्टको मूल्य २१ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

यस अगाडि कम्पनीले कोमेट पेसको १७ लाख ९९ हजार र कोमेट प्लेको २० लाख ९९ हजारमा बिक्री गर्दै आएको थियो । कम्पनीले बिक्री गर्दै आएको दुबै भेरियन्टमा समान ३१.२६ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ भने १७.३ किलोवाट आवरको ब्याट्री प्याक छ । कोमेटको अधिकतम पावर ४२ हर्सपावर र ११० न्यूटन मिटर टर्क हो । यो कारले सिंगल चार्जमा २३० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

  :