७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बीवाईडीको लोकप्रियता बढ्दो, एकै दिन एक सय गाडी डेलिभरी



काठमाडौं– नेपालमा बिद्युतीय सवारी साधनको ब्राण्ड बीवाईडीको लोकप्रियता बढ्दै गएको पुष्टि भएको छ । नेपाली बजारमा बिक्री शुरु गरेको छोटो समयमा नै बीवाईडीले लोकप्रियता हासिल गरेको हो ।

बीवाईडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साईमेक्स इंकले एकै दिनमा एक सय जना ग्राहकलाई गाडी डेलिभरी दिएबाट पनि नेपालमा बीवाईडी गाडी निकै लोकप्रिय रहेको झल्काउँछ । देशभर रहेका डिलरमार्फत साईमेक्स इंकले एकै दिन एक सय वटा गाडी डेलिभरी दिएको हो ।

गत साउन ३१ गतेदेखि गाडी बुकिङ गरेर बसेका एक सय जना ग्राहकलाई साइमेक्स इंकले बीआईडीका गाडी डेलिभरी दिएको हो । बीवाईडीको लोकप्रिय मोडल एट्टो३ र डल्फिन ईभी डेलिभरी दिएको कम्पनीले जनाएको छ । यस अगाडि जेठ महिनामा पनि कम्पनीले एकै दिन ५० वटा गाडी डेलिभरी दिएको थियो ।

  :