मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

२०२४ भर्सनको बीवाईडी एट्टो थ्रीसँगै बीवाईडी एप सार्वजनिक




काठमाडौं–नेपालमा बीवाईडी गाडीको लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडी एट्टो थ्री को २०२४ भर्सनसँगै बीवाईडी एप पनि औपचारिक रुपमा सार्वजनिक गरेको छ । बीवाईडी एट्टो थ्री को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएका छन् । हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको छ ।

यसका साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ र यसले गर्दा आधुनिकता प्रदान गरेको छ । यसको एक्सटेरियरमा पनि महत्वपूर्ण सुधार गरिएको छ ।

बीवाईडी एट्टो थ्री को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ । पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ । सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको छ ।

बीवाइडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भए वा नभएको वारेमा सहजै थाहा पाउन सकिन्छ ।

त्यसैगरी टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिने भएको कारण बीवाइडी एपले नयाँ एट्टो थ्री लाई नेक्सट लेभलमा लगेको कम्पनीको दावी छ ।

नेपाल आएको दुई वर्षभन्दा कम समयमै ३ हजार युनिट बढी एट्टो थ्री विक्री भएको कम्पनीले जनाएको छ ।

  :