७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लिपमोटरको सी १० सार्वजनिक, मूल्य ६७ लाख ९९ हजार




लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले लिपमोटरको सी १० मोडल मंगलबार नाडा अटो शोमा सार्वजनिक गरेको छ ।

लिपमोटर अटोमेकर कम्पनी स्टेलान्टिसअन्तर्गत विद्युतीय सवारीसाधन उत्पादक कम्पनी हो । यो गाडीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ समेत तोकिएको छ । यो मूल्य नाडा अटो शोका लागि मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

सी–१० मा ६९.९ किलोवाट आवरको ब्याट्री प्याक छ यसले फूल चार्जमा ४२० किलोमीटर रेञ्ज प्रदान गर्छ । यस्तै यो गाडीमा १६० किलोवाट क्षमताको मोटर छ । यसले ३२० एनएम टर्क उत्पादन गर्छ । डीसी फास्ट चार्जरबाट फूल चार्ज गर्न ३० मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ । यो गाडी १९० एमएमको ग्राउन्ड क्लियरेन्सको छ ।

सी–१० मोडल ४७३९ एमएम लामो, १९०० एमएम चौडा र १६८० एमएम अग्लो छ । यसमा ह्वीलवेस भने २८२५ एमएम लामो पाउन सकिनेछ ।

  :