७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘स्काईवेल बीई ११’ को खरिदमा आकर्षक छूटको व्यवस्था




काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा जी मोटर्सले भित्र्याएको स्काईवेल बीई११ लाई ग्राहकहरुले निकै रुचाएका छन् । दुई भेरियन्ट रहेको यस गाडी नाडा अटो शोमा आएर बुकिङ गर्ने ग्राहकहरुलाई कम्पनीले आकर्षक छूट पनि दिईरहेको छ ।

कम्पनीका अनुसार ४१० किलोमिटर रेञ्ज दिने भेरियन्टको मूल्य ८० लाख रुपैयाँ तोकिएको छ तर नाडा अटो शोमा आएर बुकिङ गर्दा ७५ लाख ९० हजार रुपैयाँमा पाउन सकिन्छ । यस्तै ५२० रेञ्ज दिने अर्को भेरियन्ट गाडीको मूल्य ९० लाख रुपैयाँ पर्ने भए पनि नाडा अटो शोमा ८५ लाख ९० हजारमा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले दुवै भेरियन्टमा १५० किलोवाट मोटरपावर रहेको जनाएको छ । कम रेञ्जमा ५८ किलोवाट आवर र माथिल्लो रेञ्जमा ७१ किलोवाट आवरको ब्याट्री प्याक छ । ईयु सर्टिफिकेसन लिने पहिलो चाइनिज गाडी पनि स्काईवेल रहेको कम्पनीले जनाएको छ ।

  :