७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शोमा ‘हट केक’ बन्यो टाटाको पञ्च ईभी




काठमाडौं– भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा टाटाको पञ्च ईभीलाई अवलोकनकर्ताहरुको ‘हट केक’ नै बन्न पुगेको छ । अटो शोमा टाटा पञ्च ईभीको स्टलमा गाडी हेर्ने र बुकिङ गर्नेहरुको घुईंचो लाग्ने गरेको छ ।

नाडा अटो शो शुरु भएको चार दिनमा ३२८ युनिट बुकिङ भएको टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ । टाटा पञ्च ईभीको स्टलमा अवलोकनकर्ताहरुको निकै भीड लाग्ने गरेको छ ।

पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ । ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च ईभीले ४२१ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । ५६ मिनेट फूल चार्ज हुने यो गाडीको टर्क पावर १९० एनएम रहेको बताइएको छ ।


गाडीमा इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र ¥याम्प–ओभर एंगल्सलगायत विद्युतीय एसयूभीमा हुनुपर्ने हरेक विशेषता रहेको कम्पनीले जनाएको छ । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।


सिप्रदी ट्रेडिङले नाडा अटो शोमा टाटा पञ्च ईभी खरिद गर्दा आठ बर्षसम्म चार्जिङ निःशुल्क गर्ने अफर ल्याएको छ । पञ्च ईभीको शुरुवाति मूल्य नेपाली बजारमा ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीका अनुसार पञ्च ईभी इम्पावर्ड प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पञ्च ईभी इम्पावर्ड एलआईको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ र पञ्च ईभी इम्पावर्ड प्लस एलआरको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ राखिएको छ । पञ्च ईभीको अहिलेको मूल्य नाडा अटो शोसम्मलाई मात्र रहेको र पछि मूल्य बढ्ने समेत कम्पनीले जनाएको छ ।

  :