७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

चाँडै नै नेपाली बजारमा दिपल एल–०७




काठमाडौं– चाँगानको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले चाँडै नै दिपल एल–०७ मोडलको गाडी नेपाल ल्याउने भएको छ । प्रविधि र डिजाइनका कारण नेपाली ग्राहकहरुको रोजाईमा पर्न सफल दिपल एस–०७ को सफलतापछि कम्पनीले दिपल एल–०७ मोडल नेपाल ल्याउन लागेको हो ।

दिपल एक सय १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो जसले चांगानका लागि ’न्यू इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ। अहिले बजारमा उपलब्ध मोडल एस–०७ को तुलनामा बढी क्षमताको ब्याट्री र मोटर रहेको रहेको यो मोडल ग्राहकहरुले झनै रुचाउने विश्वास कम्पनीको छ ।

नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरु छन् । एस ०७ले स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमालाई एस–०७ एलले अघि फैलाउने विश्वास लिएको चांगानको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले जनाएको छ ।

अत्याधुनिक प्रविधि र नविनतम सुविधाले भरिएको नयाँ इभीले भविष्यको भावनालाई झल्काउनेछ जहाँ ड्राइभिंग एउटा आवश्यकता मात्र होइन, एउटा पूर्ण रुपको अनुभव पनि हुने, एमएडब्लु वृद्धि अटोकर्पले जनाएको छ ।

  :