२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

भाद्र १९ देखि २२ सम्म दिगो अटो कार्निभल, पुराना सवारी साधनलाई नयाँ ईभीसँग साट्ने सुविधा




काठमाडौं–बिद्युतीय सवारी साधनको प्रवद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको दिगो ग्रुपले यही भाद्र १९ देखि २२ गतेसम्म काठमाडौंमा दिगो अटो कार्निभल आयोजना गर्ने भएको छ ।

काठमाडौंको बल्खुस्थित मोर्डन पार्टी प्यालेसमा आयोजना गरिने उक्त कार्निभलमा पुराना सवारी साधनलाई नयाँ बिद्युतीय सवारी साधन (ईंभी)सँग साट्न सक्ने सुविधा छ । चार दिनसम्म चल्ने अटो कार्निभलमा दिगो गु्रपले आफ्ना बिभिन्न बिद्युतीय सवारी साधनहरु पनि प्रदर्शन गर्ने जनाएको छ ।

कार्निभलमा सहभागीहरूले बिद्युतीय गाडीहरुको टेस्ट ड्राइभ गर्न पाउने अवसर पनि पाउने कम्पनीले जनाएको छ । जसले ग्राहकहरूलाई दिगोका गाडीहरुको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान गर्नेछ । टेस्ट ड्राइभ गर्ने सहभागीहरुलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ ।

  :