७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शो २०२४ सम्पन्न, रिडारा र एथर बेष्ट स्टलको अवार्डबाट सम्मानित




काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा भाद्र ११ गतेदेखि शुरु भएको १६ औं संस्करण नाडा अटो शो २०२४ आइतबार सम्पन्न भएको छ ।


नाडा अटो शो २०२४ को समापन कार्यक्रममा बोल्दै नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो शोले अटोमोबाइल्स क्षेत्रको उद्देश्य सरकारलाई बुझाउन सफल भएको बताउनुभयो । नाडा अटो शोको ६ दिनको समय बितेको पत्तै नभएको भन्दै अटो शो दशैंभन्दा ठूलो चाड रहेको बताउनुभयो । नाडा अटो शोले दशैंलाई स्वागत गरेको भन्दै चौधरीले अटो शोमा मानिसहरुको किनमेल देख्दा दशैं आए जस्तो लाग्यो, भन्नुभयो ।

नाडा अटो शो २०२४ को समापनको अवसरमा चार पाङ्ग्रेतर्फ सीजी मोटर्सको रिड्डारा. दुई पाङ्ग्रेतर्फ अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्डले उत्कृष्ट स्टल अवार्ड पाएको छ । यस्तै, कमर्सियलतर्फ एमएडब्लू वृद्धिको सेकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले उत्कृष्ट स्टल अवार्ड पाउन सफल भएका छन् ।

नाडा अटो शो २०२४ मा नयाँ गाडी, मोटरसाइकल र तिनका पार्टपुर्जाबारे बुझ्न र अवलोकन गर्न पुग्नेहरुको संख्या ७५ हजारभन्दा बढी रहेको दावी गरिएको छ । सर्वसाधारणका लागि बिहान ११ बाट साँझ साढे ६ बजेसम्म अटो शो खुला रहेको गरेको थियो । शोमा विशेष गरेर बिद्युतीय गाडीहरु ग्राहकहरुको पहिलो रोजाई परेका छन् । समग्र स्टलमा ८० प्रतिशत विद्युतीय सवारीसाधनको सहभागिता रहेको थियो ।

नाडा अटो शोले बिभिन्न अटोमोबाइल कम्पनीहरुले एउटै छानामुनि आफ्ना नयाँ उत्पादनहरुको प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ । २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ हल्का व्यावसायिक सवारी साधनहरु प्रदर्शन गरिएको प्रदर्शनीमा ३३ कम्पनीहरुले लुब्रिकेन्ट्स, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरुको प्रदर्शन गरेका थिए । प्रदर्शनीमा १३० स्टलहरुमा ९५ प्रदर्शकहरुले आफ्ना उत्पादन र सेवाहरु प्रदर्शन गरेका थिए ।

  :