७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लोकप्रिय देखियो नामी, नाडा अटो शोमा बुकिङ भयो ७ सय १७ युनिट




काठमाडौं– आइतबार समापन भएको नाडा अटो शो २०२४ मा उत्साहजनक रुपमा बुकिङ गर्न सफल भएको छ । केही दिन अगाडि मात्र नेपाली बजारमा भित्रिएको नामी ब्राण्डले नेपाली अटो बजारमा फरक पहिचान बनाउन सफल भएको छ ।

नामी ब्राण्डको ईभी नाडा अटो शोमा ग्राहक तथा अवलोकनकर्ताहरुको आकर्षणको केन्द्र नै बनेको थियो । दुई वटा भेरियन्ट एमएडब्लु वृद्धि अटोकर्पले नेपाल भित्र्याएको यस गाडीको आकर्षक डिजाइन, फिचर ग्राहकहरुले निकै रुचाएका छन् । कम्पनीका अनुसार नाडा अटो शोमा ७ सय १७ युनिट नामी बुकिङ भएको छ ।

नाडा अटो शोमा नामीको ई–२ र ई–३ मोडल राखिएको छ । ई–१ भने आउने क्रममा रहेको कम्पनीले जनाएको छ । ई–१ र ई–२ मा ३१.४ किलोवाट क्षमता र ई–३ मा ४२.३ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त गाडीमा ४२.३ किलोवाट क्षमताको ब्याट्र प्याक रहेको छ ।

नामीका तीन वटै भेरियन्टमा ७० किलोवाट क्षमताको मोटर रहेको पनि कम्पनीले जनाएको छ । नामी ई–१ को मूल्य २९ लाख ९९ हजार, ई–२ को ३१ लाख ९९ हजार र ई–३ को ३४ लाख ९९ हजार मूल्य तोकिएको छ ।

  :