७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बीवाईडीका ७७० युनिट गाडी बुकिङ, ग्राहकहरुलाई चाँडै हस्तान्तरण गरिने




काठमाडौं– ६ दिनसम्म भृकुटीमण्डपमा भएको नाडा अटो शो २०२४ मा अन्य ब्रान्डका सवारी साधनहरुको स्टलभन्दा फरक स्टल राखेको बीवाईडीको गाडी ७ सय ७० युनिट बुकिङ भएको छ ।

बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकका अनुसार बुकिङ भएका मध्ये ४ सय ९७ युनिट एट्टो ३ र २ सय ७३ युनिट डल्फिन छन् । बुकिङ भएका गाडीहरु ग्राहकहरुलाई चाँडै नै हस्तान्तरण गरिने साइमेक्स इंंकले जनाएको छ ।

साइमेक्स इंकले अटो शोमा बीवाईडीका एट्टो ३, डल्फिन, सी–लायोन ०७ इभी प्रदर्शनीमा राखेको थियो । कम्पनीले पहिलो पटक राइट ह्याण्ड ड्राइभ मोडल सी–लायोन ०७ पनि प्रदर्शनीमा राखेको हो ।

बीवाइडीको स्टलमा गाडीहरु मात्र नभई गाडी उत्पादनको प्रविधिको बारेमा पनि ग्राहकहरुले जानकारी प्राप्त गरुन भनेर ‘ई प्लेटफर्म ३.०’ प्रदर्शनीमा राखिएको थियो । बीवाईडीका जति पनि गाडीहरु नेपाल भित्रिएका छन् ती सबै ‘ई प्लेटफर्म ३.०’ प्लेटफर्ममा निर्माण भएका हुन् । ईभी प्लेटफर्म र बीवाईडीले हालै उपलब्ध गराएको बीवाईडी एपका बारेमा समेत ग्राहकहरुले चासो राखेका थिए ।

  :