७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नक्सालमा नामीको अत्याधुनिक शोरुम खुल्दै, डिलर नेटवर्क विस्तार तीब्र




काठमाडौं– केही दिन अगाडि मात्र नेपाली बजारमा भित्रिएको चिनियाँ कम्पनी डङफेङ मोटर्सको उत्पादन नामी ब्राण्डले नेपाली अटो बजारमा फरक पहिचान बनाउन सफल भएको छ ।

हालै सम्पन्न नाडा अटो शो २०२४ मा उत्साहजनक रुपमा बुकिङ गर्न सफल भएको छ । नामीको अत्याधुनिक शोरुम काठमाडौंको नक्सालमा खुल्दैछ । आगामी अक्टोबरको अन्त्यसम्ममा शोरुम तयार हुने नेपालमा नामीको आधिकारिक वितरक एमएडब्लु समूहले जनाएको छ ।

यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डको कारोबार गर्दै आएको सो एमएडब्लु समूह गुणस्तरीय र ग्राहक सन्तुष्टिमा प्रतिबद्धताका साथ लगातार रुपमा बजारको नेतृत्व गरिरहेको छ ।

नेपालभर डोङफेङ नामीको डिलर नेटवर्क विस्तार कार्य तीव्र रुपमा भइरहेको छ । काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापित भइसकेको छ । उपत्यका वाहिर पोखरा, चितवन, विराटनगर, नेपालगन्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

  :