७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एक्स पेङ जी–६ नेपाली बजारमा, बुकिङ र टेस्ट ड्राइभको लागि सिजी मोटर्सले आह्वान



काठमाडौं– चिनियाँ अटोमोबाइल ब्राण्ड एक्सपेङको जी–६ मोडल सार्वजनिक भएको छ । एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेपाली बजारमा एक्सपेङ जी–६ सार्वजनिक गरेको हो ।

एक्सपेङ जी–६ को मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एक्सपेङ जी ६ मा ४५० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताहरू छन् । साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट आवर छ र यसमा एलुमिनियम डाइ–कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०–५० लोड अनुपात रहेको छ ।

जेनेसिस, ल्याम्वर्गिनी, फरारी, अडी र सियटका लागि कार डिजाइनको २४ वर्षको अनुभव बटुलेका चर्चित डिजाइनर जुआनमा लोपेजले यस कारको डिजाइन गरेका हुन् । जसले एक्सपेङका डिजाइनहरूलाई जीवन्त बनाएको छ ।

  :