७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सुजुकीले ल्यायो ‘दशैँ आयो क्यास पायो’ अफर




काठमाडौं– सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्ष्यमा ‘दशैँ आयो क्यास पायो’ अफर सार्वजनिक गरेको छ ।

यस चाडमा सुजुकीले ल्याएको ‘दशैँ आयो क्यास पायो’ स्किम अन्तगृत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम ७ हजार देखि ५ लाख सम्म क्यास अर्थात नगद रकम तुरुन्तै पाउने छन् ।

यसका साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा छ । सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनियतालाई कायम गर्न ५ वर्षको वारेन्टीका साथै पाँच वर्षकै फ्रि पनि ल्याएको छ ।

अब सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चढ्दा ५ बर्ष सम्म ढुक्क हुन सकिने कुरा कम्पनीले जनाएको छ ।

दशैँ मनाऔ र क्यास पाई खुशी हौ भन्ने मुल मन्त्र रहेको सुजुकीको यस योजनाले ग्राहकको मन जित्ने कुरामा कम्पनी ढुक्क भएको भीजी अटोमोबाइल्सले जनाएको छ ।

  :