८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

सीजी मोटर्सले चाँडै नै दायुन युइहु ईभीको बिक्री वितरण शुरु गर्ने




काठमाडौं – सीजी मोटर्सले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन उत्पादन गर्दै आएको दायुन ग्रुपको उत्पादन दायुन युइहु सब–कम्प्याक्ट एसयूभी नेपाली बजारमा बिक्री वितरण शुरु गर्नेे भएको छ ।

नेपाली बजारकै मोष्ट अफरडेवल सब–कम्प्याक्ट एसयूभी दावी गरिएको दायुन युइहु चाँडै नै सार्वजनिक गर्ने सीजी मोटर्सले जनाएको छ। सीजी मोटर्सले दायुन युइहु नेपालको बाटो सुहाउँदो र पर्फेक्ट रहेको दावी गरेको छ ।

दायुन युइहुमा ३९ किलोवाटको मोटर रहेको छ जसले १२५ एनएमको टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ। उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेन्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डीसी चार्जर मार्फत ५४ मिनेट भन्दा कम समय लाग्छ ।

दायुन युइहु सब–कम्प्याक्ट एसयूभीमा उत्कृष्ट २०१ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। फ्रन्ट एन्ड रियर इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरुमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने कम्पनीले जनाएको छ ।

  :