७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भक्सवागेनको गाडी किन्दा १० लाखसम्मको फाइदा




काठमाडौं– पुजा इन्टरनेशनल नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘भक्सवागेन फेस्टिभ फ्रिडम’ नामक स्कीम ल्याएको छ । यस स्कीममा भक्सवागेनका गाडी खरिद गर्ने ग्राहकले १० लाखसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

स्कीममा ४ लाख रुपैयाँसम्म नगद छुट, ५ वर्ष भित्र बिक्री गर्न चाहे बाइब्याक ग्यारेन्टी, एक्सचेन्जमा २ लाख रुपैयाँ बोनस, ४ वर्ष निःशुल्क सर्भिसिङ, इन्धन सुविधा, दुई वर्षसम्मको कर तिर्नु नपर्ने, सहजै फाइनान्स सुविधा उपलब्ध गराउने रहेका छन् ।

कम्पनीले यो सुविधा सुरुमा गाडी बुकिङ गर्ने ५० जनाले पाउने जनाएको छ । भक्सवागेनले अहिले टाइगुन एसयूभीका साथै, अलस्पेश टिगुवान र प्रिमियम एसयूभी टोरेक बिक्री गर्दै आएको छ ।

  :