७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पोखरामा जेको जे–६ र ओमोडा ई–५ सार्वजनिक




काठमाडौं– ओमोडा र जेको गाडीको पोखराका लागि आधिकारिक बिक्रेता इलाइट मोटर्सले नेपालकै पहिलो अफरोडर एसयूभी जेको जे–६ र ओमोडा ई–५ डिलक्स एक समारोहका बीचमा सार्वजनिक गरेको छ ।

पोखरामा उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुसहित सर्वसाधारण समेतको उपस्थितिमा प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र एसपीजी अटोमोबाइलका निर्देशक गौरव सारडा र इलाइट मोटर्सका अध्यक्ष गोपाल बराल र प्रबन्ध निर्देशक शिव बरालले जेको जे ६ र ओमोडा ई ५ सार्वजनिक गरेका हुन् ।

नेपालका लागि ओमोडा र जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सको पोखराका लागि आधिकारिक वितरकको रुपमा इलाइट मोटर्स रहेको छ ।

ओमोडा ई–५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँबाट शुरुवात हुन्छ । ओमोडा ई–५ नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड हो र यसले ४३० किलोमिटरको लामो रेन्ज दिन्छ भने यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर छ ।

जे–६ को प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ र थप ३ लाख रुपैयाँ फेस्टिभ डिस्काउन्टका साथ उपलब्ध छ । यसले ४०० किलोमिटर रेन्ज दिन्छ भने यसमा १३५ किलोवाट मोटर पावर छ भने १८४ पीएस पावर र २२० एनएम टर्क दिन्छ । यसले ० देखि १०० किलोमिटर दुरी १०।५ सेकेन्डमै पार गर्छ ।

यसमा ६ एयरब्यागका साथै लिथियम आइरन फस्फेट ब्याट्री छ । यसका साथै यो गाडीमा प्यानोरामिक सनरुफ, १५।६ इन्च सेन्ट्रल कन्ट्रोल सिस्टम, प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम र फ्रन्ट तथा रियर ड्युअल मोटर रहेको छ ।

इलाइट मोटर्सका अध्यक्ष गोपाल बरालले ओमोडा ई–५ र जेको जे–६ का लागि उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो ।


एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडाले आफूहरु नेपालभर एड्भान्स टेक्नोलोजी र इनोभेटिभ डिजाइन सहितका सवारी साधनका साथै चार्जिङ स्टेसन र सर्भिस स्टेसन सहित हाम्रो नेटवर्क विस्तार गर्ने कार्यमा प्रतिबद्ध रहेको बताउनुभयो ।

  :