माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

लुयान स्कूटरको फेस्टिबल अफर, १० हजार छूटसहित अन्य सुविधाहरु




काठमाडौं– लुयान स्कूटरको नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड (एन)ले दशैं, तिहार तथा छठ पर्वको अवसरमा फेस्टिबल अफर ल्याएको छ ।

देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र विश्वप्रशिद्ध ब्राण्ड ‘लुयान’का विद्युतीय स्कुटरहरु बिक्री गर्दै आएको कम्पनीले यस अफर अन्तर्गत लुयानको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहले १० हजार छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्ने जनाएको छ । यसका साथै, एउटा प्रिमियम हेलमेट, विमा तथा नामसारी खर्च, चालु आर्थिक बर्षको कर, ६ पटकसम्म निशुल्क सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत प्राप्त गर्न सकिनेछ ।

अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइनेछ । साथै फाइनान्सको सुविधा समेत पाउन सकिनेछ । यो स्किम कम्पनीलको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिनेछ ।


कम्पनीका अनुसार लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ

  :