७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दिपलको लङ रेञ्ज भेरियन्ट नेपाली बजारमा




काठमाडौं– दिपल गाडीको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल ०७ नयाँ फेसलिफ्ट लङ रेञ्ज भेरियन्ट नेपाली बजारमा ल्याएको छ ।

यो गाडीले पहिलेको भेरियन्टले भन्दा धेरै रेञ्ज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो गाडीमा १६० क्षमताको मोटर पावर छ भने ब्याट्री प्याक ७९.९७ किलोवाट आवर छ । स्ट्यान्डर्ड भेरियन्टको फुल चार्जमा ५२० किलोमीटर रेञ्ज प्रदान गर्छ भने लङ रेञ्ज भेरियन्टको फुल चार्जमा ६२० किलोमीटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो समयमा दिपल नेपाली ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आईरहेको छ । दिपल एस ०७ नयाँ फेसलिष्ट लङ रेञ्ज भेरियन्टको अधिकतम खुद्रा मूल्य ८४ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीका अनुसार यो मूल्य बिक्री गर्ने समयमा केही परिवर्तन हुन सक्नेछ ।

  :