७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बीवाईडी सिगल बन्यो चीनमा सर्वाधिक बिक्री हुने कार




काठमाडौं– बीवाईडीको सबैभन्दा सानो कार सिगल चीनमा सर्वाधिक बिक्री हुने कार बन्न सफल भएको छ । सन् २०२४ को अगष्टमा ४६ हजार ८३० युनिट बिक्री हुँदै चीनमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको हो ।


चिनियाँ बजारमा बिक्री भइरहेका बीवाइडीका कारमध्ये सबैभन्दा सस्तो मूल्यको सिगलको सुरूआती मूल्य १० हजार डलरभन्दा कम छ ।

३०।०८ किलोवाट आवरको ब्याट्रीप्याक रहेको सिगलले सिंगल चार्जमा ३०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । सिगलको ३८।८८ किलोवाट आवरको ब्याट्री अप्सनलाई करिब १२ हजार डलर पर्नेछ । जसले ४०५ किलोमिटर सम्मको सीएलटीसी रेन्ज दिन्छ । बीवाईडीले अर्को वर्ष युरोपमा समेत सिगल ईभी लन्च गर्ने योजना बनाएको छ ।

  :