७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

किन बढ्दैछ उपभोक्ताहरुको बीवाईडी र टाटाको ईभीमा आकर्षण ?




काठमाडौं– नेपाली बजारमा बीवाईडी र टाटाका इलेक्टिक भेहिकलहरु ग्राहकहरुको पहिलो रोजाईमा पर्ने गरेका छन् । बीवाईडी र टाटाका ईभीप्रति उपभोक्ताहरुको आकर्षण बढ्दो छ ।

आकर्षक डिजाइन एवम् लुक्स, अत्याधुनिक विशेषताहरुका कारण बीवाईडी र टाटाको बिद्युतीय गाडीप्रति उपभोक्ताहरुको आकर्षण बढेको हो । बिद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन महत्वपूर्ण कुरा हो । बीवाइडी र टाटाका ईभीको नेपालको आधिकारिक बिक्रेता कम्पनीले चार्जिङ स्टेशन निर्माणलाई उच्च प्राथमिकता दिएका छन् । देशभरि चार्जिङ स्टेशन रहेको छ । बीवाईडी र टाटाका बिद्युतीय सवारी साधनहरुमा विश्वस्तरीय सुविधाहरु छन् । जसले यात्रालाई सहज र मनोरञ्जनात्मक बनाउँछ ।

बीवाईडी र टाटाका विभिन्न मोडलहरु नेपाली उपभोक्ताहरुमाझ अत्यधिक लोकप्रिय छ । बीवाइडीको अट्टो–थ्री, बीवाईडी ट्याङ ईभी, बीवाईडी डल्फिन र बीवाईडी ई–६ मोडलहरुको नेपाली बजारमा उच्च माग रहेको छ । टाटाको टिगोर, टियागो, नेक्सन, पञ्च ईभी लोकप्रिय छन् । बिक्रीपछिको सेवालाई पनि टाटा र बीवाईडीका डिलरहरुले चुस्त बनाएका छन् । दुवै कम्पनीका ईभी खरिदमा कर्जाका लागि दुवै कम्पनीका आधिकारिक बिक्रेताहरुले विभिन्न बैंकसँग सम्झौता गरेका छन् । जसले बैंकबाट कर्जा लिएर गाडी किन्न चाहने उपभोक्ताहरुलाई सहज भएको छ ।

टाटा र बीवाईडीका नेपालका लागि आधिकारिक बिक्रेताहरुले दिंदै आएको विभिन्न सेवा, सुविधा लगायतका कारण पनि उपभोक्ताहरु बीवाईडी र टाटाका बिद्युतीय सवारी साधनप्रति आकर्षित भएका हुन् ।

  :