७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आयो टाटाको नयाँ नेक्सन इभी, ब्याट्री क्षमता थप




काठमाडौं– टाटा मोटर्सले आफ्नो सफल एसयूभी नेक्सन ईभीलाई ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध गराएको छ । यस अगाडि नेक्सन ईभी ३५ र ४० किलोवाट आवरका दुई ब्याट्री प्याकमा उपलब्ध थियो । नेक्सनको नयाँ मोडल विभिन्न तीन भेरियन्ट उपलब्ध छ ।

कम्पनीले यसमा रेड डार्क भेरियन्ट पनि ल्याएको छ । कम्पनीले पहिलो पटक नेक्सन ईभीमा पानारोमिक सनरुफको पनि प्रयोग गरेको छ । यसमा फास्ट चार्जिङको सपोर्ट पनि छ । एक पटकको चार्जमा ४८९ किलोमीटर रेञ्ज दिने कम्पनीले जनाएको छ ।

ब्याट्रीलाई फास्ट चार्जरबाट १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ४८ मिनेट लाग्ने बताइएको छ । नयाँ नेक्सनमा भेहिकल टु लोड, भेहिकल टु भेहिकल, ३१.२४ सेमी टचस्क्रिन डिस्प्ले, एलइडी डीआरएल, युआई र युएक्स इन्फोटेनमेन्ट प्रणाली जस्ता सुविधाहरु पनि दिइएको छ ।

  :