७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘दिपल ईभी’ पोखरामा सार्वजनिक




काठमाडौं– चाँगान गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले एक विशेष कार्यक्रमका बीच पोखरामा दिपल ईभी सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल ईभीका ब्रान्ड एम्बेसडर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले दिपल एस ०७ र एल ०७ ईभी सार्वजनिक गरेका हुन्।

दिपल ईभी सार्वजनिक गर्दै मन्त्री बिन्दु कुमार थापाले चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यसैगरी, दिपल ईभीका ब्रान्ड एम्बेसडर नेपाल क्रिकेट संघका सचिव समेत रहेका पारस खड्काले दिपल ईभीमा रहेका फिचरहरु अझै पनि अन्य ब्रान्डका ईभीमा उपलब्ध नभएको बताए ।


चांगान पोखराकी संस्थापक मिलन थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताइन् । त्यसैगरी, चांगान नेपालका मार्केटिङ हेड रमेश दनेखूले एमएडब्लु ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए ।

  :