७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बाढी पहिरोको विपदमा परेकालाई नाडाको सहयोग




काठमाडौं । अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा)ले बाढी पहिरोको विपदमा परेकालाई सहयोग गरेको छ ।

नाडाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्रचार्यलाई भेटगरी वाईवाई चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेको छ । नाडाले विगतकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आएको कम्पनीले जनाएको छ । नाडाले विगतमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आएको जनाएको छ ।

अहिले देश अनपेक्षित अविरल वर्षाको चपेटामा परेको अवस्थामा नाडाका अध्यक्ष करण चौधरीले सो राहत सामग्रीहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक विनोद घिमिरे समेतको उपस्थिति रहेको थियो ।

  :