७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नामी र सेरेस ईभी किन्न चाहनेलाई राष्ट्रिय वाणिज्य बैंकले स्थिर ब्याजदरमा कर्जा दिने




काठमाडौं– नामी र सेरेस ईभी खरिद गर्न चाहनेहरुलाई राष्ट्रिय वाणिज्य बैंकले स्थिर ब्याजदरमा कर्जा दिने भएको छ । यस सम्बन्धमा नामी र सेरेस गाडीको नेपालको लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्स र बैंकबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नामी र सेरेस गाडी किन्न चाहनेहरुलाई बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा एक करोडसम्म कर्जा दिनेछ । कर्जा रकममा ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने सम्झौतामा उल्लेख छ ।

बैंकले गाडीको कोटेशनमा अंकित मूल्यको ८० प्रतिशतसम्म कर्जा दिनेछ । कर्जा अवधि बढीमा सात बर्षको हुनेछ । यो सम्झौता कात्तिक मसान्तसम्म लागू हुनेछ ।

  :