७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपालको ईभी बजारमा बीवाईडीको बढ्दो प्रभाव




काठमाडौं– दशैं, तिहार, छठ पर्वको अवसर पारेर बीवाईडीले ल्याएको अफरबाट ग्राहकहरुले लाभ उठाईरहेका छन् । ग्राहकहरुलाई ड्राइभलाई अझ विशेष बनाउनको लागि बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बडा चाड अफर ल्याएको हो ।

बीवाईडी एट्टो थ्री र बीवाईडी डल्फिनको खरिदमा ग्राहकहरुले आकर्षक अफरहरु प्राप्त गर्नेछन् । बीवाईडीको बडा चाड अफरमा बीवाईडीका एट्टो थ्री र डल्फिन गाडी खरिद गर्दा ग्राहकहरुले एक बर्ष बीमा, भेहिकल टु लोड र २.३ किलोवाटको ट्राभल चार्जर प्राप्त गर्नेछन् ।


नेपाली बजारमा बिक्री शुरु गरेको छोटो समयमा नै बीवाईडीले लोकप्रियता हासिल गरेको छ । बीवाईडीको लोकप्रिय मोडल एट्टो थ्री र डल्फिन ईभी ग्राहकहरुको पहिलो रोजाईमा पर्ने गरेको छ । बीवाईडीको सफल मोडल डल्फिन नेपाल भित्रिएको छोटो समयमा नै ग्राहकहरुमाझ प्रिय बन्न पुगेको ईभी हो । अघिल्लो बर्षको नाडा अटो शो २०२३ मा बुकिङ खुला गरेर दशैंपछि डेलिभरी दिन शुरु गरिएको बीवाईडीको डल्फिन झण्डै ११ महिनाको अवधिमा १ हजार ३ सय ११ युनिट आयात गरिएको कम्पनीले जनाएको छ ।

धेरै फिचर, उत्कृष्ट रेञ्ज, लामो साइजका कारण बीवाईडीको डल्फिन ग्राहकहरुले निकै मनपराएको ईभी हो । यसमा ७० किलोवाट क्षमताको मोटर र ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ ।

अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रीक भेहिकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको छ ।

  :