फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

जगदम्बा मोटर्सले भित्र्यायो सेन्ट्रो ब्रान्डको विद्युतीय पिकअप




काठमाडौं– चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्टार्टअप कम्पनी ‘सेन्ट्रो‘को नेपालका लागि आधिकारिक बिक्रेता शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स नियुक्त भएको छ। आधिकारिक बिक्रेता नियुक्त भएसँगै जगदम्बा मोटर्सले सेन्ट्रो ब्रान्डको विद्युतीय पिकअप नेपाल भित्र्याएको हो।


कम्पनीले पहिलो लटमा परीक्षण प्रयोजनका लागि एउटा सेन्ट्रो ब्रान्डको एलएस २१० मोडल ल्याएको हो। जगदम्बा मोटर्सले सेन्ट्रो ब्रान्डको विद्युतीय मालबाहक पिकअप आयात गरेको छ । सेन्ट्रोब्रान्डले पिकअपसँगै विद्युतीय भ्यानसमेत उत्पादन गर्दै आएको छ।


कम्पनीले विद्युतीय कमर्सियल सवारीका लागि सेन्ट्रो आईच्यासिसको विकास गरेको जनाएको छ।
कम्पनीले हालसम्म ३ हजार ६ सय वटाभन्दा बढी विद्युतीय सवारी डेलिभरी गरिसकेको उल्लेख गरेको छ।

  :