७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लोकप्रिय छन् एथरका स्कूटरहरु




काठमाडौं– भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरको स्कूटरहरु नेपालमा पनि निकै लोकप्रिय छन् । बैद्य अर्गनाईजेसनको बैद्य इनर्जी एथरको नेपालको लागि आधिकारिक बिक्रेता हो । एथरको फ्यामिली स्कुटर रिज्टाको ग्राहकहरुले निकै रुचाएका छन् । एथरका विभिन्न मोडलका स्कूटरहरु ग्राहकहरुको रोजाईमा पर्ने गरेको छ । फ्यामिली र सस्तो मोडलको रुपमा रहेका एथरको रिज्टा स्कुटरलाई ग्राहकहरुले मनपराएका हुन ।

कम्पनीले रिज्टा तीन भेरियन्टमा ल्याएको हो । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ । रिज्टा जेड ३.७ किलोवाट रिज्टाको टप भेरियन्ट हो ।
यो स्कुटरको रेन्ज क्रमशः १०५ र १२५ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठूलो सिट दिएको छ । योसँगै रिज्टा पहिलो ट्रयाक्सन कन्ट्रोल फिचर भएको स्कुटर बन्न सफल भएको छ ।

एथर रिज्टामा दुई राइड मोड दिइएको छ । जसमा जिप र स्मार्ट मोड रहेको छ । यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४–लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।

  :