२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

ग्राहकहरुको रोजाईमा पर्न सफल ब्रम्बी ईभी




काठमाडौं– थोरै बजेट खर्च गरेर बिद्युतीय कार चढ्न पाइने र धेरै फिचर भएका कारण बेइजिङ अटोमोबाइल वक्र्स अर्थात बीएडब्लुको ब्रम्बी ईभी ग्राहकहरुको रोजाईमा पर्न सफल भएको छ । बीएडब्लु ब्रम्बी ५ ढोका भएको चार सिटर सिटी कार हो ।

३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको यो कारले सिंगल चार्जमा २०५ किलोमीटर रेञ्ज दिने बीएडब्लु ब्रम्बीको आधिकारिक बिक्रेता एलआरआर मोटर्स प्रालिले जनाएको छ । होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।

सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ । यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.२५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।

विशेषगरी दैनिक प्रयोजनका लागि उपयुक्त रहेको ब्रम्बी कार सिटी राइडका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

  :