१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

बीवाईडीको नयाँ गाडी ‘शार्क’ एसियाली बजारमा पहिलो पटक सार्वजनिक




काठमाडौं– चिनियाँ ईभी उत्पादक कम्पनी बीवाईडीले आफ्नो पहिलो पिकअप सार्क ६ एसियाली बजारमा पहिलोपटक लञ्च गरेको छ । औपचारिकरुपमा मेक्सिकोबाट पहिलो पटक सार्वजनिक गरेको बीवाईडीले हालै कम्बोडियामा लञ्च गरेको छ । अष्ट्रेलियामा पनि चाँडै लञ्च गर्ने तयारीमा बीवाईडी रहेको छ ।


बीवाईडीको वहुप्रतिक्षित मोडेल मानिएको सार्क ६ गत मे महिनामा मेक्सिकोबाट पहिलो पटक सार्वजनिक गरिएको हो । यो मोडल हाल ब्राजिल, मेक्सिको, पानामामा बिक्री भइरहेको छ । तर बीवाईडीले यो नयाँ गाडीलाई चीनमा भने अहिलेसम्म सार्वजनिक गरेको छैन । बीवाईडीको यस नयाँ गाडीमा १.५ टी इन्जिन जडान गरिएको छ । जसको संयुक्त पावर ३२० किलोवाट र टर्क ६५० एनएम छ । शार्कमा २९.५ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ । जसलाई फुलचार्ज गर्दा १०० किलोमिटर इलेक्ट्रिक रेञ्ज पाइने बताइएको छ ।


यस्तै ३ हजार २ सय ६० एमएम ह्विलबेस रहेको सार्क ६ को लम्बाइ ५ हजार ४ सय एमएम हुनुका साथै चौडाइ १ हजार ९ सय ९१ एमएम र उचाइ १ हजार ९ सय २५ एमएम रहेको बताइएको छ ।

यसैगरी डुअल मोटर सेटअपमा फ्रन्ट मोटरले १ सय ७० किलोवाट पिकअप पावर र ३ सय १० एमएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ । रियर मोटरको १ सय ५० किलोवाट पिक पावर साथै ३ सय ४० एमएम टर्क जेनेरेट गर्छ । यस गाडीको उच्चतम गतिको प्रतिघन्टा १ सय ६० किमी रहेको बताइएको छ । यस्तै फोर ह्विल ड्राइभमा उपलब्ध सार्कमा बालुवा, माटो र हिउँमा समेत गुड्नसक्ने मोड उपलब्ध छ ।

  :