६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

बुटवलमा प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक




काठमाडौं– नेपालका लागि डोङफेङ ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले बुटवलमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ ।

सोमबार आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, एमएडब्लू वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा डोङफेङ बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गी लगायतले संयुक्त रुपमा नामी सार्वजनिक गरेका हुन् ।

नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध छ । जसको मूल्य २९ लाख ९९ हजारदेखि ३४लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी ईभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विश्वास छ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् ।

नामीमा लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ ।

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु छन् ।

यो ईभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।

एमएडब्लू वृद्धिले सोमबारदेखि बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको । क्याम्पमा ग्राहकले प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउने छन् । साथै, ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने छन् ।

  :