काठमाडौं– जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जेएसई इलेक्ट्रिक गाडीको नेपाली बजारमा बिक्री शुरु गरेको छ ।
चिनियाँ अटो निर्माता जीआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (जेएम ईभी) द्वारा निर्मित जेएसई ईभी नव पर्यावहनको उच्चतम स्तरको प्रतिविम्ब भएको कम्पनीले जनाएको छ ।
सन् २०१५ मा स्थापना भएको जेएम ईभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीमध्ये एक हो । सन् २०१९ मा रेनअल्ट समूहले जेएम ईभीमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको कम्पनीको जानकारी दिएको छ । कम्पनीका अनुसार जेएम ईभी जेएसईले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य रहेको छ ।
जेएम ईभी जेएसईले विलासिता, व्यावहारिकता र पर्यावरणप्रति सजगताको संयोजन गर्दै अभूतपूर्व ड्राइभिङ अनुभव प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।
नेपालको विविध भूगोललाई मध्यनजर गरी तयार पारिएका जेएम ईभी जेएसईमा ब्याट्री क्षमता ४९ केडब्लूएच, मोटर आउटपुट ९९ किलोवाट, रेञ्ज ४२० किमी, ग्राउन्ड क्लियरन्स १७० मिमि, प्यानोरामिक मुनरुफ, ३६० डिग्री एभीएम भिजुअल सिस्टम, मिसेलिन हाओयु ४ म्युट टायर लगायतका विशेषताहरु छन् ।
यी अत्याधुनिक विशेषताले जेएम ईभी जेएसई लाई स्टाइल, आराम, र प्रदर्शन खोज्ने पर्यावरण सचेत चालकहरूका लागि प्रिमियम विकल्प बनाएको पनि कम्पनी जानकारी दिएको छ । कम्पनीले जेएम ईभी जेएसईको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
शौर्य अटोमोबाइल्स प्रालिका कार्यकारी निर्देशक निर्देशक अखिल गुप्ताले जेएमईभी नेपालमा उपलब्ध हुनुले दिगो गतिशीलता प्रवर्द्धन र नेपाललाई हरित ऊर्जातर्फ लैजाने, शौर्य अटोमोबाइल्सको प्रतिबद्धतालाई बलियो बनाएको बताए ।
शौर्य अटोमोबाइल्स प्रालिका महाप्रबन्धक अधिरकुमार श्रेष्ठले अत्याधुनिक सुविधाका साथ जेएमईभी जेएसईले विद्युतीय सवारीसाधन बजारमा नयाँ अपेक्षाहरू स्थापना गरेको बताए ।
प्रतिक्रिया