काठमाडौं– नेपाली बजारमा ग्राहकहरुले सर्वाधिक रुचाएका बीवाइडी डल्फिनले अष्ट्रेलियामा पनि अब्बल सावित गर्दै ‘ग्रिनेष्ट ईभी’ बाट सम्मानित भएको छ ।
अष्ट्रेलियामा उपलब्ध २५ ईभी मोडलहरुमा गरिएको अध्ययनले बीवाईडीको डल्फिनलाई उच्च स्कोर दिएको हो । अष्ट्रेलियामा बिक्री हुँदै आएका २५ वटा ईभीमा गरिएको अध्ययनमा बीवाईडी डल्फिनले ८.२३ स्कोर प्राप्त गरेको थियो ।
डल्फिनसँग सिधा प्रतिस्पर्धामा रहेको टेस्ला थ्रीलाई पछि पार्दै डल्फिनले शीर्ष स्थान प्राप्त गर्न सफल भएको हो । साथै, ग्रिनेष्ट ईभीको मुख्य प्रतिस्पर्धामा डासिका स्प्रीङ, बीवाईडी एटो–३ र जीडब्लूएम ओरा–०३ क्रमशः तेस्रो, चौंथो र पाँचौं स्थानमा परे ।
अध्ययन प्रतिवेदनले सबैभन्दा धेरै ग्रिन एनक्याप रिपोर्टलाई मुख्य आधार बनाएको थियो । ग्रिन एनक्यापमा डल्फिन ९८ प्रतिशत अंक ल्याएर उच्च पर्फर्मेन्स गरेको थियो ।
प्रतिक्रिया