काठमाडौं– हुन्डाईको वहुप्रतिक्षित बिद्युतीय एसयुभी क्रेटा आगामी जनवरी १७ तारिख अर्थात यही माघ ४ गते भारत मोबिलिटी एक्स्पो २०२५ को पहिलो दिनमै क्रेटा ईभी सार्वजनिक हुने भएको छ ।
हुन्डाई इन्डियाले जनाएको हो ।भारतमा लन्च भएलगत्तै यो नेपाली बजारमा समेत आउनेछ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीलाई नेपाल ल्याउने प्रक्रिया शुरु भईसकेको जनाएको छ । यो एसयूभी माघ महिनाको अन्तिमसम्ममा नेपाल आईसक्ने कम्पनीले जनाएको छ ।
क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री रहने छ । उक्त ब्याट्री नयाँ जेनेरेशन कोनाबाट लिइएको हो । साथै, यसमा १०० किलोवाटको मोटर रहने छ । सो नयाँ ईभीमा हुन्डाईले कोना ईभी र अल्काजार एसयुभीको इन्टेरियरलाई सेयर गर्ने जनाएको छ ।
प्रतिक्रिया