६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नयाँ फिचरसहित हुन्डाई भेन्यू फेसलिफ्ट



हुन्डाई मोटर्सले आफ्नो सबकम्प्याक्ट एसयूभी भेन्यूको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ ।कम्पनीले नयाँ हुन्डाई भेन्यूमा अत्याधुनिक फिचरहरु थप गरेको छ ।

थपिएको मूख्य ७ फिचरहरु

हुन्डाई भेन्यूको सबैभन्दा पहिला देखिने हेडलाइट र टेललाईटमा परिवर्तन गरिएको छ । नयाँ भेन्यूमा स्प्लीट हेडल्याम्प सेटअप दिइएको छ । यसमा नयाँ डिजाइनको एलइडी डिआरएल र टर्न इन्डिकेटर पनि नयाँ डिजाइनको दिएको छ ।

नयाँ भेन्यूको फ्रन्टभन्दा बढी रियरमा परिवर्तन देख्न सकिन्छ । यसको टेललाइट अब सिंगल डिजाइनमा आएको छ । दुबैतर्फको टेललाइटलाई एउटा एलइडी लाइटको स्टीपले जोडेको छ । नयाँ प्रयोगले भेन्यूलाई अगाडिबाट मात्र नभई पछाडिबाट पनि आकर्षक देखिएको छ । लाइटका अलावा भेन्यूमा अगाडि र पछाडिको बम्पर, फ्रन्ट ग्रिल तथा अलोय ह्वीलसमेत रि–डिजाइन भएको छ ।

डिजिटल ड्राइभर डिस्प्ले

आजकल बजारमा आउने अधिकांश गाडीमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर जडान भएका हुन्छन् । यसलाई पछ्याउदै हुन्डाईले पनि नयाँ भेन्यूमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ ।

ड्राइभ मोड

हुन्डाईले भेन्यूलाई ड्राइभका लागि थप रोमान्चक बनाउन विभिन्न ड्राइभ मोड दिएको छ । भेन्यूको फेसलिफ्ट मोडलमा स्पोर्टस, नर्मल र इको गरी तीनवटा ड्राइभ मोड पाउन सकिन्छ । यो ड्राइभ मोड सेन्टर कन्सोलमा रहेको डायलबाटै छनोट गर्न सकिन्छ ।

यात्रुको आवश्यकता अनुसार मिलाउन मिल्ने पछाडिको सिट

अब हुन्डाई भेन्यूमा अगाडि बस्नेले मात्र नभई पछाडि बसेर यात्रा गर्ने यात्रुले समेत आफ्नो सहजता अनुसार सिट मिलाउन सक्नेछन् । यो फिचर सब(कम्प्याक्ट एसयूभीमा पहिलो पटक पाउने भएको हो ।

पावर एड्जस्टेवल ड्राइभर सिट

अब भेन्यूलाई ड्राइभ गर्नू अघि चालकले आफ्नो सिट इलेक्ट्रीक पावरवाट सजिलै एट्जस्ट गर्न सक्नेछन् । यो फिचरले नयाँ ड्राइभरलाई सिट एड्जस्ट गर्न सजिलो बनाउनेछ । यसको साथै क्यावीनको स्टाइलीङ समेत रिफ्रेस भएको देखिन्छ ।

ब्लुलिङ्क कनेक्टीभीटी र अपडेटेड इन्फोटेन्मेन्ट

नयाँ भेन्यूमा पुरानै ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टमलाई निरन्तरता दिइएको छ । तर, यसमा साउन्ड अफ नेचर फिचर थप भएको छ । कम्पनीले अब यसमा ब्लुलिङ कनेक्टीभिटी सहित ६० किसिमको कनेक्टेड फिचर दिएको छ ।

एलेक्सा र गुगल भोइस असिस्ट कनेक्टीभीटी

नयाँ भेन्यू फेसलिफ्टमा अमेजन एलेक्सा र गुगल भोइस असिस्ट सहितको ‘होम टु कार कनेक्टीभिटी’ दिएको छ । यसले कन्ट्रोल सेलेक्ट कार फिचर, रिमोट क्लाइमेट कन्ट्रोल, रिमोट डोर लक र अनलक फिचर, रिमोट भेहिकल स्टाटस चेक, फाइन्ड माइ कार, टायर प्रेसर इन्फर्मेसन, फ्यूल लेभल इन्फर्मेसन, स्पीड अलर्ट, टाइम फेन्सीङ अलर्ट , आइडल टाइम अलर्ट जस्ता फिचर थपेको छ ।

  :