७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

भारत मोविलिटी एक्सपोका सन्दर्भमा भारतीय दूतावासमा अन्तरक्रिया




काठमाडौं– आगामी माघको पहिलो साता भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुन लागेको भारत मोविलिटी एक्सपोका सन्दर्भमा नेपालस्थित भारतीय दूतावासले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारी तथा सदस्यहरुसँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउन्सील अफ इण्डियाका तर्फबाट पल्लवी साह, सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चरर्स (सीयाम)को तर्फबाट देवासिस मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरीबीच रोड्स शो अन भारत मोविलिटी ग्लोवल एक्सपो को सम्बन्धमा विस्तृत छलफल भएको थियो ।

यही २०२५ जनवरीको १७ देखि २२ सम्म सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चरर्स ९सीयाम० को पहलमा भारतको नयाँ दिल्लीको भारतमण्डपम, यसोभूमि द्धारिका र ग्रेटर नोइदामा भारत मोविलिटी अन्तर्गत अटो एक्सपो—दि मोटर शो २०२५ हुन लागेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा नाडाको तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समितिका सदस्यहरु श्री कपिल शिवाकाटी, यमुना श्रेष्ठ, प्रकाश कपुरी, ऋद्धि कार्की, दिपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, निलमणी पाठक, अभिक ज्योती, दिपकराज गिरी, नविनकुमार पारख र नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

  :