काठमाडौं– निकट भविष्यमा नै नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी दिपल एस०५ ले प्रतिष्ठित आईएफ डिजाइन अवार्ड जित्न सफल भएको छ ।
आईएफ अवार्डका लागि ६६ वटा मुलुकबाट ११ हजार वटा आवेदन परेका थिए । जर्मनीको ह्यामबर्गमा आयोजित अवार्ड सेरेमोनीमा २३ वटा मुलुकका १३१ जुरीले मूल्यांकन गरेर विजेता घोषणा गरेको हो । एस०५ को इनोभेटिभ डिजाइन, कटिङ–एज प्रविधि र दीर्घकालीनताप्रतिको प्रतिबद्धताको मूल्यांकन गर्दै अटोमोबाइल सेग्मेन्टमा आईएफ डिजाइन अवार्डले सम्मान गरिएको हो ।
केही सातामा थाइल्यान्डमा सार्वजनिक गरिने एस०५ निकट भविष्यमा नै नेपालमा ल्याउने तयारी दिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले गरिरहेको छ ।







प्रतिक्रिया