१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नयाँ बर्षको अवसरमा हुन्डाईको अफर




काठमाडौं– हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०८२ लाई मध्यनजर गर्दै चैत २१ गतेदेखि नेपालभरि ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ योजना ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाई गाडीको खरिदमा आकर्षक ६ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। हुन्डाईको क्रेटा इभी र क्रेटा आइस (मेड इन नेपाल) लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीले स्पष्ट पारेको छ ।

यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने पनि कम्पनीले जनाएको छ ।

सबै आइस हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र इभी गाडीको हाइ भोल्टेज ब्याट्रीमा ८ वर्ष र गाडीको अरु कम्पोनन्टमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन्। यस योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सकिने कम्पनीले जनाएको छ।

  :