मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

एमएडब्लू वृद्धि चीनमा ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित




काठमाडौं– चांगन तथा दिपालको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले चीनको चोङकिङमा भएको चांगन अटोमोबाइल ओभरसिज पार्टनर कन्फ्रेन्समा ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ ।

नेपालमा चांगन ब्रान्डलाई प्रवर्धन गर्न डिलरसिप नेटवर्क विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत चांगनले सम्मान गरेको कम्पनीले जनाएको छ । एक वर्षमा ८०० भन्दा धेरै दिपाल ईभी बिक्री गरेको कम्पनीले जानकारी दिएको छ कम्पनीले एक सयभन्दा बढी चार्जिङ स्टेसनको सञ्जाल बनाएको छ।

चीनकै सबैभन्दा पुरानो कार निर्माता चांगनको सम्मानबाट आफू निक्कै गौरवान्वित भएको कम्पनीले जनाएको छ। एमएडब्लू वृद्धिले चांगनबाट यसअघि सांग्रिला न्यु इनर्जी डेभलपमेन्ट अवार्ड प्राप्त गरेको थियो ।

  :