माघ १५, २०८२ बुधबार | Thu Jan 29 2026

साइमेक्स इंकको विशेष ग्राहक केन्द्रित अभियान ०–५–१०




काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नयाँ बर्ष २०८२ को अवसरमा विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को सार्वजनिक गरेको छ । जुन अभियानले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीले जनाएके छ ।

सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफर अन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरुले ५ वर्ष सम्म शून्य सर्भिसिङ मूल्य र १० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी पाउने छन् ।

५ वर्ष सम्म शुन्य सर्भिसिङ मूल्य अन्तर्गत ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नु हुनेछ, जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्ष सम्मका लागि यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर मध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउने छन् । यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनियता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनःपुष्टि गर्ने कम्पनीले जनाएको छ ।


यो विशेष ०–५–१० अभियान आगामी २०८१ बैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुने पनि कम्पनीले जानकारी दिएको छ ।

  :