काठमाडौं– नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले दीपल ईभी किन्ने ग्राहकहरुका लागि ‘अनमिसेबल’ अर्थात छुटाउनै नमिल्ने प्रि–बजेट स्कीमको घोषणा गरेको छ ।
प्रि बजेट अफरमा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र एक्सचेञ्ज बोनस पाउनुका साथै आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बीमा सुविधा पनि पाउने कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउने छन् । वैशाख १० गतेदेखि सुरू भएको यो स्कीम ४५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।
कम्पनीले दीपल ईभी किन्न चाहनेलाई सहजीकरण गर्न २० प्रतिशत डाउनपेमेन्टमै गाडी दिने भएको छ । यस फाइनान्स सुविधामा ब्याजदर पनि ८.९९ प्रतिशत मात्रै रहेको पनि कम्पनीले जनाएको छ । नेपालमा सार्वजनिक भएको १ वर्षमै दीपलले ८०० बढी युनिट ईभी बिक्री गरिसकेको छ । हाल नेपालमा दीपलको एस ०७, एस ०७ एल, एल ०७ र ई०७ गरी मोडलका ईभी बिक्री भइरहेका छन् । साथै, ग्राहकको सहजता तथा ईभी इकोसिस्टमलाई मलजल गर्न एमएडब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन संचालन गर्दै आएको पनि कम्पनीले जानकारी दिएको छ ।





प्रतिक्रिया