फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

‘एमजी विन्डसर’ जेठको पहिलो साताबाट नेपाली बजारमा



काठमाडौं एमजीको नेपालका लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले ‘एमजी विन्डसर’ आगामी जेठको पहिलो साताबाट नेपाली बजारमा बिक्री सुरु गर्ने तयारी गरेको छ ।

भारतमा उत्पादन भएको विन्डसर नेपाल केही दिनभित्रमा नै नेपाल भित्र्ने कम्पनीले जनाएको छ ।
एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । साथै, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

यसको पीकटर्क २०० एनएम छ । सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । सहरी क्षेत्रमा परीक्षण गर्दा यसले ३२७ किलोमिटरसम्म रेन्ज दिएको कम्पनीको दावी छ ।

  :