काठमाडौं एमजीको नेपालका लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले ‘एमजी विन्डसर’ आगामी जेठको पहिलो साताबाट नेपाली बजारमा बिक्री सुरु गर्ने तयारी गरेको छ ।
भारतमा उत्पादन भएको विन्डसर नेपाल केही दिनभित्रमा नै नेपाल भित्र्ने कम्पनीले जनाएको छ ।
एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । साथै, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।
यसको पीकटर्क २०० एनएम छ । सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । सहरी क्षेत्रमा परीक्षण गर्दा यसले ३२७ किलोमिटरसम्म रेन्ज दिएको कम्पनीको दावी छ ।





प्रतिक्रिया