माघ १५, २०८२ बुधबार | Thu Jan 29 2026

बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक




काठमाडौं– नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले झापाको बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

बिर्तामोडको हुन्डाईको आधिकारिक डिलर अलायन्स मोटर्समा आयोजित विशेष कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई हुन्डाईको टिमले गाडी सम्बन्धी जानकारी र आवश्यक सहयोग प्रदान गरेको थियो । भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपालका ग्राहकहरू बीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको बताइएको छ।


हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र ईभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु नगर्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार हुन्डाईका ग्राहकहरुले ईभी होस् वा पेट्रोल गाडी, सेवा, पाट्र्स र सपोर्ट समान रुपमा पाउने छन्। यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा पुगिरहेको छ।

  :