काठमाडौं– म्याक्सस ईटेरोन ९ इलेक्ट्रिक पिकअप मनाङको ३ हजार ५ सय मिटर उचाईमा रहेको सब्जे ताल (ब्लू लेक)मा सार्वजनिक गर्दै विद्युतीय सवारीमा भएको नविनतम प्रविधिलाई प्रदर्शन गरिएको छ। काठमाडौंबाट लगेर उक्त इलेक्ट्रिक पिकअप मनाङमा सार्वजनिक गरिएको हो ।
हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले मनाङमा पिकअप सार्वजनिक गरेको हो । यसको मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
ईटेरोन पिकअपमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाटको मोटर छ, जसले ७०० एनएमको टर्क जेनेरेट गर्छ । यसले ५.८ सेकेन्डमा शून्य देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको उच्चतम गति १९० किलोमिटर प्रतिघण्टा छ ।
ईटेरोन पिकअपमा १०२.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ । यसले सिंगल चार्जमा एनईडीसी अनुसार अधिकतम ५६० किलोमिटर सम्मको रेन्ज दिन्छ । सो ब्याट्रीलाई फास्ट चार्जरमार्फत ४२ मिनेटरमा २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
यो गाडीमा इलेक्ट्रोनिक एयर सस्पेन्सन सहित २६० एमएमको ग्राउन्ड क्लियरेन्स छ । त्यसैगरी सबै भूभागमा चलाउन मिल्ने गरी विभिन्न ड्राइभ मोड रहेका छन् ।
यसको इन्टेरियरमा हिटेड, भेन्टिलेटेड, मसाज फिचर सहित मेमोरी सहितको टु–टोन लेदर सिट रहेको छ । त्यसैगरी ड्युअल १२।३ इन्चको डिजिटल क्लस्टर र इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल तथा प्यानोरामिक सनरुफ, रियर एसी भेन्ट, एम्बिएन्ट लाइटिङ लगायतका लक्जरी फिचर रहेका छन् ।
सुरक्षालाई प्राथमिकता राखेका कारण ईटेरोन पिकअपले युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ समेत प्राप्त गरेको छ ।





प्रतिक्रिया