काठमाडौं– एमएडब्लु वृद्धि स्पिड चार्जर्सले हालसम्म निर्माण भएकामध्ये सबैभन्दा उच्च ठाउँ हिमाली जिल्ला मुस्ताङको जोमसोममा विद्युतीय सवारी साधन (ईभी)का लागि सीसीएसटू चार्जिङ स्टेसन संचालनमा ल्याएर कीर्तिमान कायम गरेको छ । कम्पनीले आइतबारदेखि मुस्ताङको जोमसोममा सीसीएसटू चार्जिङ स्टेसन औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्त्वपूर्ण भूमिका पुष्टि गरेको कम्पनीले जनाएको छ ।जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केबल इन्जिनियरिङ उपलब्धि मात्र नभई नेपालमा ईभी विकासको सुरुवाती कदम भएको कम्पनीको भनाई छ ।
एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका सीसीएसटू चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ । यी स्टेशनले सहरको साथै जोमसोमजस्ता टाढाका ठाउँहरूमा पनि ईभी प्रयोगकर्ताहरूका लागि भरपर्दो सेवा सुनिश्चित गरेको कम्पनीले जनाएको छ ।
पर्यावरणप्रेमी यात्रुका लागि वातावरणमैत्री यात्रालाई सहज बनाउने दिशामा यो चार्जिङ स्टेसनको स्थापना एक ठूलो कदम भएको छ ।





प्रतिक्रिया