काठमाडौं– एलआरआर मोटर्सले नेपाल भित्र्याएको चिनियाँ गाडी उत्पादक कम्पनी जिली र जुनयाओ ईभीको मूल्य भन्सार प्रयोजनका लागि सार्वजनिक गरेको छ।
कम्पनीले एक सूचना जारी गर्दै गाडी भन्सार छुटाउन अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) प्रकाशित गरेको हो। जस अनुसार जिलीको ग्यालेक्सी ईएक्स ५ प्रो भेरियन्टको मूल्य ५७ लाख ९९ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी म्याक्स भेरियन्टको मूल्य ६७ लाख ९९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।
यी दुवै गाडीमा ६०.२२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक र १६० किलोवाट क्षमताका मोटर पावर उपलब्ध छन्। साथै
यसमा फ्रन्ट ह्वील ड्राइभिङ सिस्टम छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४३० किलोमिटर रेन्ज दिने डब्लुएलटीपीको दावी छ।
कम्पनीले जुनयाओ ब्रान्डको जेवाई इयर सेडानको ६७ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर र ६४ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री छ ।

यस्तै, जुनयाओ जेवाई इयर लाइट भेरियन्टको ५४ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर दिइएको छ भने ५१।२ किलोवाट आवर (युनिट) क्षमता ब्याट्री प्याक छ।





प्रतिक्रिया